काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज (मंसिर ११) गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.२५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्नेछ। हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। सेयरधनीहरुले लक्ष्मी सनराइज क्यापिटलको कार्यालय र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाबाहिरका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्