काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।
अन्य प्रतिस्पर्धीहरु डा नवराज अधिकारी र मुक्ति नाथ श्रेष्ठलाई पछि पार्दै सन्तोष नारायण श्रेष्ठले बाजि मारेका हुन् ।
उनलाई ब्यवसायीक घराना शंकर ग्रुप र दीपक भट्टको साथ थियो । श्रेष्ठको नेतृत्वमा बोर्डले हिमालयन स्टक एक्सचेञ्जको नाममा लाइसेन्स दिने तयारी छ । श्रेष्ठलाई परराष्ट्र मन्त्री आरजु राणा र अर्थमन्त्री बिष्णु पौडेलको पनि साथ थियो । नेशनल स्टक एक्सचेञ्जको लाइसेन्सका लागि मेहनत गरेको उपेन्द्र महतो र दीपक तिमल्सिना समुहले अघि सारेका उम्मेदवार भने टप प्रतिस्पर्धा मै परेका थिएनन् ।
ब्यवसायीक पृष्ठभुमिका श्रेष्ठले यस अघि नेपाल विद्युत प्राधिकरणको संचालक समिती सदस्यको जिम्मेवारी पूरा गरिसकेका छन् ।
बोर्ड अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा पाँच अर्ब कमिसनको खेल रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्ड अध्यक्ष नियुक्ति प्रकरण कै कारण आफ्नो सरकार ढलेकाे आरोप पुर्व प्रधानमन्त्री प्रचण्डले लगाउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्