काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन शहरी नीतिलाई मूर्त रुप दिन आवश्यक रहेको बताएका छन् । सोमबार विश्व सहर दिवस तथा विश्व सहरी योजना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले राष्ट्रिय सहरी नीतिलाई छिट्टै मन्त्रिपरिषद् बैठकबाट मूर्त रुप दिनुपर्ने भएकाले तदारुकताका साथ काम गरिरहेको जानकारी दिए ।
उनले सहर निर्माणका क्रममा स्थानीय सरकार र अध्ययनशील युवाहरुका विचारहरुलाई समावेश गर्न आवश्यक रहेको बताए । उनले पुर्खाहरुले छोडेर गएको विरासतलाई सँगसँगै लगेर सहरी विकासका कामहरु गरेर विश्वलाई चिनाउनुपर्ने बताए । मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी सहर निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
विश्वमा चलेको सहर विकासको ट्रेण्डलाई पछ्याउँदै सहरीकरणका योजना बन्नुपर्नेमा उनको जोड थियो ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्