काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा सासंद मनिस झाले प्रधानमन्त्री केपी ओलीले भ्रष्ट्राचार गर्ने नगर्ने विषय केहि घण्टामै थाहा हुने बताएका छन् । सासंद झाले केपी ओलीले ठूलो रकम लिएर धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति गर्न सक्ने आशंका व्यक्त गरेका हुन् ।
उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू भन्नुहुन्छ भ्रष्टाचार गर्दिन र गर्न पनि दिदिन। अब आज हेरौं मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्छ भने कति निष्पक्ष गर्छ र कति इमान्दार भएर गर्छ। जय देश।’
बोर्ड अध्यक्ष नियुक्तिमा हालसम्मकै सबैभन्दा ठूलो कर्पोरेट वार चलिरहेको छ । आइतबार बोर्ड अध्यक्ष छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेश भएको छ ।
प्रधानमन्त्री ओलीले बेलुकी ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोहि बैठकबाट झण्डै एकवर्ष पछि बोर्डले अध्यक्ष पाउने अनुमान गरिएको छ । बोर्ड अध्यक्ष नियुक्तिमा ५ अर्बको चलखेल भएको भन्दै सरकारको चर्को आलोचना भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्