Shikhar Insurance
National Life

१५.८३ अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को बिन्दुम पुगेर बजार बन्द भएको छ । सोमबार ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७ रुपैयाँ बराबारको कारोबरा भएको छ ।

सोमबार ङादी  ग्रुप  पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५४ करोड ७ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ४ हजार ९४ रुपैयाँ १० पैसा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार १६९ कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको सेयर मुल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ङादी ग्रुप  पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्