Shikhar Insurance
National Life

स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १४:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले स्वास्थ्य प्रणालीलाई जिम्मेवार र जवाफदेही बनाउँदै लैजान आवश्यक रहेको बताउँदै स्वास्थ्य प्रणालीलाई थप वैज्ञानिक बनाउनुपर्ने पनि बताए । उनले स्वास्थ्य अनुसन्धानमा गर्ने कामले लाखौँ मानिसहरु प्रभावित हुने भन्दै अनुसन्धान गर्दा नैतिक अभ्यासको महत्त्व बुझ्न जरुरी रहेको उल्लेख गरे । उनले स्वास्थ्य अनुसन्धान अभ्यासहरु सुधार गर्ने यात्रा जारी रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री पौडेलले नेपालमा स्वास्थ्य अनुसन्धानको भविष्य आजको कामले निर्धारण गर्ने बताए । नैतिक, जिम्मेवार र समावेशी अुनसन्धान वातावरण सिर्जना गरी एक भएर काम गर्न आह्वान गरे । विश्वव्यापी स्वास्थ्यको सुधारका लागि एक भएर काम गर्न आह्वान गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्