काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले पुष २ गते द इन्ट्रान्स क्याफे चाकुपाट, लितपुरमा सभा बस्ने निर्णय गरेको हो ।
सभामा आव २०८०/०८१ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । आव २०८०/०८१ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ । साथै, सभामा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।
साथै, सभा प्रयोजनका लागि मंसिर १९ गते १ दिनका लागि कम्पनीको सेयर दाखिल खारेज बन्द हुनेछ । मंसिर १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारमा रहेको सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्