Skip to content
Shikhar Insurance
National Life

बोर्ड अध्यक्ष आफ्नो पक्षमा पार्न रातभर भिड्दै कर्पोरेट घराना, तीन जनाको नाम फाइनल

Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा ठूला कर्पोरेट घरानाहरु अन्तिम कर्पोरेट वारमा जुटेका छन् । आइतबार २ जनाको अन्तर्वार्ता सकिएसँगै ठूला कर्पोरेट घरानाहरुको गोप्य मिटिङहरु भैरहेका छन् ।

बोर्ड अध्यक्ष छनोट समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेपछि आइतबार रातभर नै कर्पोरेट वार चल्ने देखिएको छ । स्रोतका अनुसार बोर्ड अध्यक्ष बन्नका लागि मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठको नाम सिफरिष गर्ने तयारी छ ।

पछिल्लो पटक शंकर ग्रुप र विशाल ग्रुपले एक जनाको नाममा सहमति गरेका छन् । स्रोतका अनुसार दुई ग्रुपले मुक्तिनाथ श्रेष्ठलाई अघि सारेका छन् । स्रोतले भन्यो, “सन्तोष नारायण श्रेष्ठको नाम धेरै विवादित बनेपछि मुक्तिको नाम लिदैं शंकर ग्रुप विशाल ग्रुप कहाँ पुगेको छ, उनीहरुले मुक्तिनाथ श्रेष्ठको नाम फाइनल गरेर मुक्तिनाथलाई आन्तरिक व्यवस्थापनमा लाग्न निर्देशन दिएका छन् ।”

यद्यपी, मुक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रेड लिष्टमा राखेको कारण अन्योलता भने कायम नै छ । यदी मुक्तिको नाम पास गर्न नसके पुन: सन्तोष नारायणकै नाम पुस गर्ने दुई ग्रुपबिच सहमति भएको छ ।

स्रोतका अनुसार दुई ग्रुपको साझा नामलाई आर्जु देउवाले अनुमोदन गरेकी छिन् । यस्तै, अर्थमन्त्री विष्णु पौडेलले पनि सोहि सहमतिलाई अनुमोदन गरेका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने डा. नवराज अधिकारीको नाम अघि सारेका छन् ।

डा. अधिकारीको नाम फाइनल नभएर प्रकृया रद्ध गरेर नयाँ प्रकयामा जाने योजना प्रधानमन्त्री कार्यालयको छ ।  आइतबार डा.नवराज अधिकारी र कृष्ण बहादुर कार्कीले व्यवसायिक योजनाको कार्यपत्र र अन्तर्वार्ता दिएका थिए । भोली बस्ने मन्त्रिपरिषदबाट नै बोर्ड अध्यक्ष नियुक्ति गर्ने र भोलिन नै नयाँ स्टक एक्चेन्जको लाइसेन्स दिने बाटो खुला गर्ने योजना समेत बनेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्