Shikhar Insurance
National Life

उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १६:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वत: अध्यक्ष हुने परिसंघको विधान अनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वत: परिसंघको अध्यक्ष बन्ने परिसंघले जनाएको छ ।  २०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा छन् । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् ।

उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् । पाण्डेको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशिल बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि नीतिगत रुपमा उनले महत्त्वपूर्ण भूमिका खेल्ने परिसंघको विश्वास छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्