Shikhar Insurance
National Life

काठमाडौंको थलीमा सानिमा बैंकको शाखा विस्तार

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १६:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले आज (मंसिर ९ गते) बैंक नयाँ शाखा स्थापना गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचाय (मह जोडी) तथा बैंकका संचालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समुद्घाटन् समारोहमा, नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंक मार्फत स्थानीयमा सहज बैंकिङ्ग सेवाको पहुँचबाट लाभान्वित हुने बताए । यसैगरी, मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

सानिमा बैंकका संचालक लक्ष्मीप्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्