काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले २ जनाको अन्तर्वार्ता सकाएको छ । आइतबार अर्थ मन्त्रालयमा दबै जनाको व्यवसायिक कार्यपत्र र अन्तर्वार्ता सकिएको हो ।
तीन जनालाई बोलाइएको अन्तर्वार्तामा कृष्ण बहादुर कार्की र डा. नवराज अधिकारी उपस्थित भएका छन् । चिरन्जिवी चापागाई भने अनुपस्थित भएका छन् । छनोट समितिले २०८० कात्तिक २९ गते एक सूचना जारी गर्दै तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्