Shikhar Insurance
National Life

‘नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन’-होजोन अटो

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १२:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।

होजोन अटोले एक प्रेस विज्ञप्ती जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो । ‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन । नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

होजोन अटोले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू वितरण भईरहेको जानकारी दिदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाकोतर्फबाट आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा उपभोक्ताको बिक्रिपछिको अनुभवलाई धेरै महत्त्व दिन्छौँ ‘ भन्दै नेपालको आधिकारीक बिक्रेता सिजी मोर्टस मार्फत बिक्री भएका गाडीहरुमा न्युनतम १० वर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाईनाले व्यक्त गरेको छ ।

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तिय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्