Shikhar Insurance
National Life

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन गर्दै सिन्धुपाल्चोकका बस्नेत

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १०:१९
Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बताएका छन् ।

छ रोपनीमा ३० लाख लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका हुन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक १२ देखि १५ लाखसम्म कमाउन सकिने उनको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न आग्रह गरेका हुन् । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो ५ सयभन्दा बढीमा बिक्री हुने गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि ४ लाखसहयोग गरेको छ । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्