काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार ५ सय ७३ रुपैयाँको १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ९.५०७९ प्रतिशतले हुन आउँने १० करो ५६ लाख ७३ हजार ४ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५००४ प्रतिशतले हुन आउने ५५ लाख ६१ लाख ७ सय ५९ रुपैयाँ नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्