Shikhar Insurance
National Life

७७ कम्पनीको आइपीओ पाइपलाइनमा, एक डिम्याट होल्डरले नै जोहो गर्नुपर्छ सवा लाख रुपैयाँ

प्रमिला भट्ट
२०८१ मंसिर ७, शुक्रबार १७:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्डमा ७७ वटा कम्पनीले आइपीओ निष्कासन गर्नका लागि आवेदन दिएर बसेका छन् । बोर्डमा एकैदिन ४२ कम्पनीहरुले आइपीओ अनुमतिका लागि निवेदन दिएपछि आइपीओ पाइपलाइनमा ७७ कम्पनी पुगेका हुन् ।

बोर्डबाट आइपीओ अनुमति ढिलाई हुदाँ अनुमति कुर्ने कम्पनीहरुको संख्या बढेको हो । ७७ कम्पनीको आइपीओ भर्नका लागि एक डिम्याट होल्डरले १ लाख २४ हजार ६ सय २५ रुपैयाँ १ पैसा जोहो गर्नुपर्ने भएको छ । यो हिसाब न्युनतम कित्ता आवेदन दिन पाउने र आवेदनमा लाग्ने रकमको आधारमा निकालिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइपीओ निष्कासनका लागि अधिकांस कम्पनीहरुले नियमित भन्दा बढी प्रिमियम मूल्यमा आइपिओ निकाल्न निवेदन दिएका छन् । आइपीओ निष्कासनका लागि कम्पनीहरुले नाफाको ब्यालेन्सिट देखाउँदै बुक बिल्डिङ मार्फत आइपीओ जारी गर्न लागेका छन् ।

७७ कम्पनीहरूको ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार ३१५ रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता आईपीओ पाइपलाइनमा रहेका छन् ।

आइपीओ भर्नका लागि सबैभन्दा धेरै रकम रिलायन्स स्पिनिङ मिल्सका लागि जोहो गर्नु पर्नेछ । यो कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने तयारी गरेको छ । रिलायन्स स्पिनिङ मिल्सको प्रतिकित्ता ८ सय २०.८० रुपैयाँको दरले आइपीओ जारी हुँदैछ । यो कम्पनीको न्युनतम ५० कित्ताको लागि ४१ हजार ४० रुपैयाँ जम्मा गनुपर्नेछ ।

१ वर्ष अगाडीदेखि ३७ वटा हाइड्रोपावर , अन्य कम्पनीहरूमा उत्पादन तथा प्रशोधन क्षेत्रका १३ कम्पनी, होटल तथा पर्यटन क्षेत्रका ५, माइक्रोइन्स्योरेन्स कम्पनी ४  र अन्य क्षेत्रका १५ कम्पनीहरु रहेका छन् ।

९ कम्पनीहरुले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न लागेका छन् भने २ कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ मूल्य तोकेको छ भने अन्य ६१ कम्पनीहरुले भने प्रतिकित्ता १ सय रुपैयाँ नै मूल्य तोकेको छ ।

प्रिमियम मूल्यमा रहेको ह्याम्स हस्पिटलको प्रतिकित्ता २ सय ८८ रुपैयाँले १० कित्ताको २ हजार ८ सय तिर्नुपर्छ ।

शौर्य सिमेन्टको प्रतिकित्ता २ सय ६४.५१ रुपैयाँले २ हजार ६ सय ४५ रुपैयाँ १ पैसा चाहिन्छ । त्यस्तै, मारुती सिमेन्टको प्रतिकित्ता ३ सय ७७ रुपैयाँले ३ हजार ७ सय ७० रुपैयाँ जोहो गर्नुपर्नेछ भने जगदम्बा स्टिल लिमिटेडको प्रतिकत्ता ३ सय रुपैयाँ रहेको छ भने १० कित्ता खरिद गर्दा ३ हजार रुपैयाँ जोहो गनुपर्नेछ ।

साथै, रिद्धिसिद्धि सिमेन्टले प्रतिकित्ता २ सय १४ रुपैयाँ १० पैसाले १० कित्ताको लागि २ हजार १ सय ४१ रुपैयाँ जम्मा गर्नुपर्छ भने कालिका हेलिकप्टर सर्भिस लिमिटेडको प्रतिकित्ता ३ सय २७ रुपैयाँले ३ हजार २ सय ७० रुपैयाँ जोहो गर्नुपर्छ ।

साथै, शिवम् होल्डिङग्सले पनि प्रतिकित्ता २ सय १० रुपैयाँले १० कित्ताको लागि २ हजार १ सय रुपैयाँ जम्मा गर्नुपर्छ भने छायादेवी कम्प्लेक्स लिमिटेडले प्रतिकित्ता ४ सय रुपैयाँले १० कित्ताको लागि ४ हजार रुपैयाँ जोहो गर्नुपर्छ । आकामा होटलले र नेपाल ब्रोकास्टिङ्ग च्यानलले प्रतिकित्ता ५० रुपैयाँले एक क्मपनीको ५ सय रुपैयाँ लाग्नेछ ।

साथै, अन्य ६१ कम्पनीहरुको प्रतिकित्ता १ सय रुपैयाँको दरले १० कित्ताको १ हजार रुपैयाँ पर्छ भने ६१ कम्पनीको १०/१० कित्ताको आधारमा एक व्यत्तिले ६ सय १० कित्ताको ६१ हजार रुपैयाँ जोहो गर्नुपर्छ । ७७ वटा कम्पनीको सेयर खरिदका लागि कूल १ लाख २४ हजार ६ सय २५ रुपैयाँ १ पैसा आवश्यक पर्दछ ।

बोर्डमा पुर्व अध्यक्ष रमेश हमालको कार्यकाल पुष २० गते सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्न सकेको छैन । अध्यक्ष नहुदाँ काम चलाउ अध्यक्षले आइपीओ स्वीकृतिको काम गर्न सकेको छैन ।

यस्ता छन् पाइपलाइनमा रहेका अन्य कम्पनीहरु

३७ वटा हाइड्रोपावर कम्पनीहरू बोर्डमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका छन् । उक्त कम्पनीहरूको १५ अर्ब ७ करोड ९० लाख ४६ हजार ४ सय रुपैयाँ बराबरको १५ करोड ७ लाख ९० हजार ४६४ कित्ता आइपीओ निष्कासन हुनेछ ।

आईपीओ निष्कासनको पाइपलाइनमा रहेका अन्य कम्पनीहरूमा उत्पादन तथा प्रशोधन क्षेत्रका १३ कम्पनीहरु रहेका छन् । कम्पनीहरुले १९ अर्ब २२ करोड २६ लाख ८९ हजार ५ सय १५ रुपैयाँ बराबरको ७ करोड ९७ लाख ७६ हजार ४८ कित्ता लागि आवेदन दिएर बसेका हुन् ।

होटल तथा पर्यटन क्षेत्रका ५ कम्पनीहरुको २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ९८ लाख ६० हजार कित्ताको लागि आवेदन दिएका हुन् । यस्तै, ४ माइक्रोइन्स्योरेन्स कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ताका लागि आवेदन दिएका हुन् ।

यसैगरी, अन्य क्षेत्रका १५ कम्पनीको ६ अर्ब ३७ करोड ९५ लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४करोड ४३ लाख १३ हजार ३ सय ४४ कित्ताका लागि आवेदन दिएका छन् ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्