Shikhar Insurance
National Life

जीवन विकासको आईपीओः पहिलो दिन नै ३ गुणा बढी आवेदकले गरे ५ गुणा बढी सेयर माग

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १७:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन विकास लघुवित्तमा पहिलो दिन नै तीन गुणा बढी आवेदकको आवेदन परेको छ । शुक्रबारदेखि खुलेको जीवन विकास वित्तीय संस्थाको आईपीओमा साँझ ५ बजेसम्म ६ लाख ६ हजार जनाले आवेदन दिएका हुन् ।

सीडीएससीका अनुसार ६ लाख ६ हजार ८ सय ४४ जनाले ९४ लाख ७१ हजार २ सय ४० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । यो माग कम्पनीले बाँड्ने १९ लाख ७७ हजारभन्दा करिब ५ गुणा बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर १०–१० कित्ताका दरले १ लाख ९० हजार जनाले पाउनेछन् ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजार मूल्यको आईपीओ बिक्री खुला गरेको हो । सेयरमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । ४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको हो ।

आईपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

कुल निष्काशनमध्ये ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन सकिन्छ । न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्