Shikhar Insurance
National Life

माइडिया : नेपाली घरहरूका लागि चिसो मौसमको नयाँ परिभाषा

सिंहदरबार संवाददाता
२०८१ मंसिर ७, शुक्रबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । माइडिया ब्रान्डले नेपाली बजारमा भरपर्दो र गुणस्तरीय चिसो मौसमकोलागी विभिन्न इलेक्ट्रोनिक्स सामना उपलब्ध गराउँदै धेरै परिवारहरूको मन जित्न सफल भएको छ।

अत्याधुनिक वाशिंग मेसिन, वाशर ड्रायर, ऊर्जा-किफायती हिटरहरू र गिजरजस्ता उत्पादनहरूले चिसो मौसमलाई सहज र आरामदायी बनाउँने कम्पनीले जनाएको छ । आधुनिक प्रविधि र उपभोक्तामुखी विशेषताहरूले गर्दा मिडिया उत्पादनहरू नेपाली घरपरिवारका लागि पहिलो रोजाइ बन्न पुगेका छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिउँदे उत्पादनहरूको विविधता

मिडियाले हिउँदका लागि विशेष उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको छ। वाशिंग मेसिन र वाशर ड्रायरले चिसो मौसममा लुगा धुने र सुकाउने झन्झट हटाउँछन्। डिशवाशरले भाँडा माझ्ने झन्झट हटाएर, समय बचत गर्दै भान्सालाई सफा र व्यवस्थित बनाउँछ ।

ओएफआर हिटर, पीटीसी हिटर र फ्यान हिटरहरूले घरलाई सुरक्षित र ऊर्जा(किफायती रूपमा न्यानो बनाउँछन्। यसैगरी, मिडिया गिजरले छिटो र प्रभावकारी रूपमा तातो पानी उपलब्ध गराउँदै चिसो मौसमलाई झनै आरामदायी बनाउँछ। यी सबै उत्पादनहरू नवीनता, टिकाउपन, र आधुनिक डिजाइनमा आधारित रहेकाे कम्पनीले जनाएको छ ।

विशेष अफर र पहुँच

कम्पनीका अनुसार मिडियाका हिउँदे उत्पादनहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका सोरुमहरू तथा डिलर र www.cgdigital.com.np मा उपलब्ध छन्। यस हिउँदलाई थप विशेष बनाउन, मिडियाले आफ्ना उत्पादनहरूमा विशेष छुट र अफरहरू प्रदान गरेको छ। उत्कृष्ट गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै, मिडियाले हिउँदे चिसोलाई सहज र रमाइलो बनाउन सहयोग पुर्याइरहेको कम्पनीले जनाएको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब, कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् ।

शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्