Skip to content
Shikhar Insurance
National Life

गैर आवासिय नेपालीहरुले खोलेको कम्पनीले ४९ प्रतिशतसम्म आइपीओ जारी गर्न पाउने, सेबोनले गर्यो यस्तो व्यवस्था

Hyundai
NCELL
NIMB

काठमाडौं । गैर आवासिय नेपालीहरुले खोलेको इन्भेष्टमेन्ट कम्पनीले ४९ प्रतिशत सम्म आइपीओ निष्कासन गर्न पाउने भएका छन् । धितोपत्र निष्काशन तथा बाडँफाँड (आठौं संशोधन) २०८१ ले यस्तो व्यवस्था गरेको हो ।

निर्देशिकाको  “परिच्छेद २ (क) मा गैर आवासिय नेपालीहरुका लागि न्युनतम १० प्रतिशत र अधिकतम ४९ प्रतिशत शेयर निष्काशन सम्बन्धि व्यावस्था गरेको छ । परिच्छेद २ क को उपदफा १ मा भनिएको छ,‘ संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले शेयर जारी गर्न चाहेमा ऐन, नियमावली तथा यस परिच्छेद बमोजिमको प्रक्रिया पूरा गरी शेयर निष्काशन गर्न सक्नेछ ।’

यस्तै, उपदफा (२ )मा उपदफा (१) बमोजिम शेयर निष्काशन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले नियमावलीको नियम ९ को उपनियम (१) बमोजिम जारी पूँजीको दश प्रतिशतभन्दा घटी र उनन्चास प्रतिशतभन्दा बढी नहुने गरी नियमावलीको नियम ४१ख बमोजिम गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्काशन गर्नु पर्नेछ ।’ भनि उल्लेख छ । यसरी जारी हुने शेयर गैरआवासिय नेपालीहरुका लागि मात्रै हुनेछ ।

“गैरआवासीय नेपाली” भन्नाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका विदेशी मुलुकको नागरिकता वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपाली सम्झनु पर्ने निर्देशिकामा उल्लेख छ ।

” संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी” भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी सम्झनु पर्न निर्देशिकामा उल्लेख छ ।  गैर आवासिय नेपालीहरुले १० अर्बको कमपनी खडा गरेर लगानी गर्ने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।

गैर आवासिय नेपालीहरुको माग अनुसार निर्देशिका संशोधन गरिएको धितोपत्र बोर्डका एक कर्मचारीले बताए । ती कर्मचारीले सिंहदरबारसँग भने, ‘गैर आवासिय नेपालीहरुले निर्माण गर्ने कम्पनीमा अन्य गैरआवासिय लगानी कर्ताहरुलाई नै भित्र्याउन सहज हुनेगरी निर्देशिका संशोधन गरिएको हो ।’

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अगुवाईमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता भएको छ । १० अर्ब पुँजीको फण्डलाई कम्पनी रजिस्ट्रारको कार्यालयले चैत १७ गते दर्ता प्रमाणपत्र दिएको हो । कम्पनीमा नेपाल सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्