Shikhar Insurance
National Life

खोटाङमा साढे १७ करोड खर्चेर पक्की पुल निर्माण

सिंहदरबार संवाददाता
२०८१ मंसिर ७, शुक्रबार १०:५३
Hyundai
NCELL
NIMB

खोटाङ । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ ।

मूल्य अभिवृद्धि करसहित १७ करोड ५८ लाख ७९ हजार सात सय २९ को लागतमा निर्माण हुने पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार शिलान्यास गरेका हुन् । शिलान्याससँगै निर्माण पनि प्रारम्भ भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडक समीप बग्ने बुवाँखोलामा एक सय ४८ मिटर लामो पुल निर्माण हुनेछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल–खोटाङ बजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडकमा पर्ने बुँवाखोलामा पुल नहुँदा वर्षायाममा आवागमन ठप्प हुने गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्