काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्