एजेन्सी । टर्किएमा विद्युतीय कार दर्ता २०२४ को पहिलो १० महिनामा ७३ हजार ८१७ पुगेको छ । जुन वार्षिक ६४ प्रतिशतले बढेको छ । सोही अवधिमा कार दर्ता ८ लाख २१ हजार २३१ पुगेको छ ।
अक्टोबरमा मात्रै ७४ हजार ६३६ कार दर्ता भएका छन् । जसमा ६२.६ प्रतिशत पेट्रोल र ९ प्रतिशत विद्युतीय छन् । युरोपेली ब्राण्डहरूले अक्टोबरमा नयाँ दर्ताको क्रमश: ११.६ प्रतिशत र १०.५ प्रतिशतले बजारको नेतृत्व गरेका छन् । चेरी र एमजी मोटर लगायत चिनियाँ ब्राण्डहरूले कुलको क्रमश: २ प्रतिशत र १.२ प्रतिशत प्रतिनिधित्व गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्