Shikhar Insurance
National Life

लिवर्टी ईनर्जीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै

सिंहदरबार संवाददाता
२०८१ मंसिर ७, शुक्रबार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको १:०.५० को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

उक्त सेयरको १०० रुपैयाँ अंकित मूल्य रहेको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ। यसर्थ कात्तिक २० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इच्छुक तथा योग्य लगानीकर्ताले मंसिर १६ गतेदेखि पुस ७ गतेसम्ममा बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिवर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्