Shikhar Insurance
National Life

निगमले दियाे अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुट

सिंहदरबार संवाददाता
२०८१ मंसिर ६, बिहीबार १८:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम २ हजार पाँचसयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ । काठमाडौंबाट भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर सेक्टरका लागि बजार भाडादरमा २ हजार पाँच सयसम्म छुट दिइनेछ भने कतारको दोहा युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा पाँच हजारसम्म दिइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हवाईभाडादर घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशन बमोजिम राष्ट्रिय दायित्व निर्बाह गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरुको भाडादरमा छुट दिन थालिएको निगमले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए । यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हवाईभाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्रीले एयरलाइन्सहरुले नागरिकको मर्का बुझिदिन अनुरोध गरेका िथिए ।

निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही नोभेम्बर १ देखि २२ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्