Shikhar Insurance
National Life

सेन्सेईको दशैं-तिहार योजनाका विजेतालाई ६५ इन्चको टिभी हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ मंसिर ६, बिहीबार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्रान्डले दशैं, तिहार र छठ पर्व योजनामा सहभागीमध्ये भाग्याशाली विजेतालाई ६५ इन्चको टिभी हस्तान्तरण गरेको छ ।

सेन्सेईको ३२ इन्चको टिभी खरिद गर्दै उक्त योजनामा सहभागी भएका सिन्धुलीका कोमल बहादुर खत्रीले लक्की ड्रबाट विजेता बन्दै ६५ इन्चको टिभी पाएका छन् । यस वर्षको चाडवाड योजना अन्गर्तत बहुसंख्यक ग्राहकवर्गमध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्चको युयचडी टिभी हस्तान्तरण गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भदौ २३ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिका लागि लागू गरेको थियो । यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिद गरी दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरी सहभागी हुन सकिन्थ्यो ।

चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा बिक्री गर्दैआएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्