काठमाडौं । नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जमा ग्लोबल आइएमई बैंकका बोनस सेयर मूल्य समायोजन भएको हो ।
बैंकको सेयर समायोजन अघिको मूल्य २ सय ५५ रुपैयाँको आधारमा ५.५ प्रतिशत बोनस सेयर समायोजन भएको हो । बैंकको मूल्य समायोजन पछिको मूल्य २ सय ४१ रुपैयाँ ७१ पैसा रहेको छ ।
बैंकको बोनस सेयर दोस्रो बजारमा आइतबार मंसिर ९ गतेदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्