Skip to content
Shikhar Insurance
National Life

एनसेलका ग्राहकहरूलाई विशेष सुविधा: भ्वाइस सेवा डेटासँग र डेटा सेवा भ्वाइससँग साट्न सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । एनसेलले ग्राहकहरुका लागि एक नयाँ विशेष सुविधा ल्याएको छ । कम्पनीले यो सुविधा अन्तर्गत ग्राहकहरुले बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग साटेर सेवाको फाइदा लिन सक्ने गरी सो सुविधा थप गरेको हो ।

सधैं अनमा ग्राहकहरुले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउँने गरेको कम्पनीले जनाएको छ । सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, कम्पनीका अनुसार बाँकी डेटालाई पनि भ्वाइसमा रुपान्तर गर्न सकिन्छ । यो सुविधा सधैं अनका ३ सय ९९ रुपैयाँ, ४ सय ९९ र ५ सय ९९ रुपैयाँका प्याकहरुमा मान्य रहेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले भन्यो, ‘ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफुलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् ।’

‘उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी उदाहरणका ग्राहकले लागि १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रुपान्तर गर्न सक्छन् । आफुसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफुलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा रहेको छ’ एनसेल कम्पनीले भन्यो ।

एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने र एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीबी डेटा पनि नि:शुल्क प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्