Shikhar Insurance
National Life

होटल संघले गर्‍यो महानगरको बजेट स्वागत, ‘पहिलेको स्थितिमा नआएसम्म छुट निरन्तर होस्’

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १५:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । होटल संङ नेपाल (हान)ले काठमाडौं महानगरपालिको बजेटको स्वागत गरेको छ । नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएकोमा हानले यो छुटले आफूहरूलाई राहत मिल्ने बताएको हो ।

कोभिड–१९ को परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड–१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा महानगरले गत वर्षभन्दा थप गरी छुट प्रदान गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

होटल संघ नेपालको सुझावअनुसार काठमाडौं महानगरपालिकाले गत वर्ष ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको थियो । कोभिड–१९ को अवस्थामामा होटल तथा पर्यटन उद्योग पूर्ववत रुपमा फर्कन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण र सम्वर्द्धनका लागि आव २०७८/७९ को लागि काठमाडौं महानगरपालिकाले होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्ति कर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट दिएको छ ।

साथै यस किसिमको सहुलियत आगामी वर्षहरुका लागि पनि पर्यटनको अवस्था राम्रो नभएसम्म निरन्तर हुनेमा होटल संघ नेपाल काठमाडौं महानगरपालिका प्रति विश्वस्त रहेको पेस विज्ञप्तिमा उल्लेख छ ।
अन्य स्थानीय निकायहरुको तर्फबाट समेत पर्यटन पुनरुत्थानको लागि यस प्रकारको सहयोग होस् भनी संघले आग्रह गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्