Shikhar Insurance
National Life

अर्थतन्त्र शिथिल छ भन्ने भाष्य मात्र हो, आत्तिनु पर्ने अवस्था छैन : महानिर्देशक आचार्य

सिंहदरबार संवाददाता
२०८१ मंसिर ५, बुधबार १८:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले बजारमा अर्थतन्त्र शिथिल छ भन्ने भाष्य सृजना भएको र त्यस्तो आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । उनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘लगानीमैत्री वातावरण प्रवर्धनको लागि अन्तरनिकाय समन्वय’ विषयक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘बजारमा अर्थतन्त्र शिथिल छ भन्ने भाष्य सृजना भएको छ । त्यो सत्य होइन । जीडीपीको आकार बढेर ६० खर्ब पुगेको छ । निराश हुनुपर्ने अवस्था छैन । आत्तिनु पर्ने अवस्था छैन । नपाल राष्ट्र बैंकमा ७ खर्ब भन्दा बढी तरलता छ । ब्याजदर घटेर तल्लो लेवलमा आइसकेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुधार गर्नुपर्ने कुरामा कमजोरीहरु भएपनि त्यसमा सबै मिलेर आत्मसात गर्नुपर्ने उनको भनाई छ । अहिले आर्थिक र व्यवसायिक संरचनामा धेरै परिवर्तन भएको जनाउँदै उनले कर बढाउँने हैन करको दायरा बढाउनेमा जोड दिए । उनले गत वर्षभन्दा २० प्रतिशत बढी राजस्व संकलन गरेको बताउँदै भने, ‘कर प्रशासनको काम कर संकलन गर्ने हो । व्यवसायीलाई निचोरेर दु:ख दिएर मात्रै कर उठाउँदैनौँ । हामीले व्यवसायिक वातावरण बनाउने हो ।’

८४ वटै कर कार्यालयमा कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्दै महानिर्देशक आचार्यले कर शिक्षालाई प्रभावकारी बनाउँनु पर्ने उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्