काठमाडौं । नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकमका सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर मंसिर ४ गतेदेखि माघ ३० गतेसम्म लागु हुनेछ ।
यस अफर अन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच, र एडीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, ‘फ्राइडे फ्लास अफर’ अन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समयका लागि प्रयोगकर्ताहरूले एनटी र एनसेल रिचार्ज गर्दा प्रतिशत (अधिकतम २० रुपैयाँ) क्यासब्याक प्राप्त गर्न सक्ने नमस्ते पे कम्पनीले जनाएको छ ।
साथै, नेपाल टेलिकमका एफटीटीएच र ल्यान्डलाइन सेवा भुक्तानी गर्दा ४ प्रतिशत (अधिकतम १५० रुपैयाँ) क्यासब्याक प्राप्त गर्न सकिने र क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्न नपर्ने कम्पनीले जनाएको छ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
प्रतिक्रिया दिनुहोस्