Shikhar Insurance
National Life

ङादी ग्रुप पावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ मंसिर ५, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ९.०९ अंकले बढेर २७११.७५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३२३ कम्पनीको कारोबार हुँदा १ करोड ५४ लाख ६४ हजार ५ सय ५२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९ करोड २८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ८१ लाख ९० हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय १९ रूपैयाँ ९० पैसा पुगेको छ ।

साथै, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी, बेष्ट फाइन्नान्स, सग्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधीक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्