काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ९.०९ अंकले बढेर २७११.७५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३२३ कम्पनीको कारोबार हुँदा १ करोड ५४ लाख ६४ हजार ५ सय ५२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९ करोड २८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ८१ लाख ९० हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय १९ रूपैयाँ ९० पैसा पुगेको छ ।
बुधबार १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मुल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बुधबार ८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्