Shikhar Insurance
National Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लाेज मिति परिवर्तन

सिंहदरबार संवाददाता
२०८१ मंसिर ५, बुधबार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बुक क्लोजको मिति परिवर्तन गरेको छ। बैंकले मंसिर ४ गते साधारणसभाको सूचना प्रकाशित गर्दै मंसिर ६ गते बुक क्लोज गर्ने बताएको थियो तर पछि बैंकले उक्त मितिलाई परिवर्तन गरेर मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

यससँगै अब मंसिर ११ गतेसम्म कायम सेयरधनी बैंकको साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्ने भएका छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत अर्थात् प्रति १०० सेयरमा ६.५ सेयरका दरले बोनस सेयर र १९ प्रतिशत अर्थात् प्रति सेयर १९ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्