काठमाडौं । बुधबार सुनको मूल्य फेरी बढेको छ । अघिल्लो दिन १ हजार १ सय रुपैयाँले बढेको सुनको भाउ आज ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६२ हजार १ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्