काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरस्थित बृहत इन्भेष्टमेन्टबिच व्यवसायिक सम्झौता भएको छ । सम्झौता अनुसार बृहत इन्भेष्टमेन्टद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्ने व्यक्तिलाई सांग्रिला डेभलपमेन्ट बैंकले सो खरिदकर्तालाई सहज कर्जा उपलब्ध गराउने भएको छ ।
घर/जग्गाा खरिद गर्न अधिकतम ४० वर्षसम्मको समयावधीका लागि अधिकतम कर्जा रकम २ करोडसम्म उपलब्ध गराइने बैंकले जनाएको छ । कर्जाको ब्याज दर ९.९९ प्रतिशत तोकिएको र पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने बैंकले जनाएको छ ।
बैंकले ग्राहकहरुलाई घर/जग्गाा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडौं क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्टको तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताले ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्