काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वैष फैलाउने कार्य गरेकोले दुर्गा प्रसाईलाई पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्यूरोले बताएको छ । केपी ओलीको कम्बोडियामा लगानी रहेको भन्दै सामाजिक संजालबाट प्रमाण सार्वजनकि गरेपछि प्रसाई पक्राउ परेका हुन् ।
प्रहरीले एक विज्ञप्ति जारी गर्दै साइबर अपराधमा अनुसन्धान गर्न भोटाहिटी पठाएको उल्लेख गरेको छ । प्रसाईलाई मंगलबार भक्तपुर मध्यपुर न.पा. वडा नं. ६ निकोशेराबाट पक्राउ गरेको हो । ‘५३ वर्षिय प्रसाई प्रसाईले सामाजिक संजाल फेसबुक एकाउन्ट र अपडेट सेरोफेरो नामक फेसबुक पेजबाट सम्माननिय प्रधानमन्त्री खड्क प्रसाद शर्मा (के.पी. शर्मा ओली) ज्यूको कम्बोडियामा लगानी भन्ने भ्रामक समाचारहरु सम्प्रेषण गरि सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वैष फैलाउने कार्य गरेको हुँदा निज दुर्गा प्रसाद प्रसाईलाई सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८१/०८/०४ गतेको पक्राउ अनुमती अनुसार यस ब्यूरोबाट खटि गएको प्रहरी टोलीले मिति २०८१/०८/०४ गते निजकै घर जिल्ला भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं. ६ बाट पक्राउ गरी ल्याईएकोमा थप अनुसन्धानको लागि यस ब्यूरो मातहतको साईवर ब्यूरो भोटाहिटी, काठमाडौंमा पठाईएको ।’ विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्