काठमाडौं । कर्मचारी तथा मजदुरको तलब तथा ज्याला सूचकाङ्क बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मकाे तथ्यांकअनुसार कर्मचारी तथा मजदुरको तलब ३.३६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको थियो ।
प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.२४ प्रतिशत, मधेश प्रदेशको ४.९९ प्रतिशत, बागमती प्रदेशको २.९५ प्रतिशत रहेको राष्ट्र बैंकले तथ्यांकले देखाएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको २.२६ प्रतिशत, लुम्बिनी प्रदेशको ३.६७ प्रतिशत, कर्णाली प्रदेशको ५.०३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.४० प्रतिशत रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्