काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ मा पुगेको हो ।
मंगलबार ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोेड ८३ लाख २० हजार रुपैयाँ बढी कारोबार भएको छ ।
आज ङादी ग्रुपको सेयर ८.९३ प्रतिशत, समृद्धि फाइनान्सको ८.५५ प्रतिशत, जानकी फाइनान्सको ८.२० प्रतिशत, धौलागिरी लघुवित्तको ७.९४ प्रतिशत सहित २ सय ५३ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्