Shikhar Insurance
National Life

१ खर्ब चालु खाता, शोधनान्तन्तर स्थिति १ खर्ब ८४ अर्ब बचत

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १३:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा समीक्षा अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ९ईक्विटि मात्र० ४ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ३ अर्ब ३८ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।१०१ अर्ब ६६ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्