Shikhar Insurance
National Life

२.५ प्रतिशतले बढ्यो कर्जा प्रवाह, ब्याजदर घट्दा पनि सुस्त

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १४:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२८ अर्ब ६५ करोड अर्थात २.५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०९ अर्ब ३ करोड अर्थात २.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोजमसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असोजमसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वितीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.५ प्रतिशतले, विकास बैंकहरुको २.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।

आवको असोजमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति ९कृषि तथा गैर(कृषिजन्य वस्तु)को सुरक्षणमा १३.४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमश: १२.० प्रतिशत ६७.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फ कर्जा २.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.६ प्रतिशतले र उपभोग क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले घटेको राष्ट्र बैंकले तथ्यांकले देखाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १७.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.५ प्रतिशतले बढेको छ भने अधिकविकर्ष कर्जा ५.८ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्