काठमाडौं । राष्ट्र बैंकले आज प्रकाशन गरेको चालु आर्थिक वर्ष असाेजमसान्तसम्मको विवरण अनुसार नेपालको मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । आयात ४.२ प्रतिशतले घटेर निर्यात ६.१ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडलेबचतमा रहेको छ । राष्ट्र बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ ।
नेपाल सरकारको खर्च ३२९ अर्ब २० करोड र राजस्व परिचालन २४८ अर्ब २६ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.३ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्