Skip to content
Shikhar Insurance
National Life

‘चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ मंसिर १३ गतेदेखि सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा मंसिर १३ गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा ‘चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ हुने भएको छ ।

यस प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादनहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता/मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया/सेवा प्रदायकहरुको सहभागिता रहने छ । फाउण्डेशनका अनुसार मेलाको सह आयोजक भारतको कम्प्लाष्ट रहेको छ ।

यस मेलाले नेपालमा प्लाष्टिक जन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने तथा विश्व बजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउने विषयमा सहयोग पुर्याउने आयोजकले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्