काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।
असोज १० र ११ गते परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
सो रकम अर्थ विविध बाट निकासा गरिएको हो । अर्थ मन्त्रालयले भैपरी आउने खर्चका लागी अर्थ विविध शिर्षकमा रकम राखेको हुन्छ । यो शिर्षकमा राखिएको रकम धेरै जसो दुरुपयोग हुने समेत गरेको छ ।
तर यो पटक भने विपद कोषका लागि एक अर्ब निकासा गरिएको छ । सो रकमले पनि नपुगेको खण्डमा थप रकम निकासा गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।
प्रतिक्रिया दिनुहोस्