काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ‘सिइओ क्लब सदस्य सम्मान’ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४ सय २५ जनाभन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गर्दै कार्यक्रम गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा ‘सिईओ क्लब सदस्यता’ योजना ल्याइएको र यसमा नेपालभरबाट २ हजार जनाभन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।
खत्रीले कोशी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरेका थिए भने सो प्रदेशबाट आफ्नो कोडमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कृत पनि गरेका थिए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरे ।
समारोहमा उनले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरुबिच सम्मान कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्