Shikhar Insurance
National Life

पनौती गाउँपालिकाका पहिरो पीडितलाई हल्ट प्राइज टोलीको आर्थिक सहयोग

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं विश्वविद्यालयको हल्ट प्राइज टोलीले पनौती गाउँपालिकाका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । हल्ट प्राइज टोलीले पहिरो पीडित परिवारलाई ७ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।

यो सहयोगले पीडितहरूको राहत र पुनर्निर्माण प्रयासलाई समर्थन गर्ने टोलीले विश्वास लिएको छ । हल्ट प्राइज टोलीका अनुसार यो रकम तत्काल आवश्यकता पूरा गर्न जस्तै अस्थायी बसोबास, खाद्य सामग्री र स्वास्थ्य उपचारका लागि प्रयोग गरिनेछ । ‘हाम्रो यो योगदान सानो भए पनि यो हाम्रो समुदायप्रतिको सहानुभूति र जिम्मेवारीको प्रतीक हो’ हल्ट प्राइज टोलीका प्रतिनिधिले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालैको पहिरोले धेरै परिवारलाई विस्थापित गरेको र घर तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्