Shikhar Insurance
National Life

नेशनल हाइड्रो पावरले बोलायो मंसिर २८ गते साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले २७ औं र २८ औं वार्षिक साधारण सभना बोलाएको छ । कम्पनीले मंसिर ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा मंसिर २८ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटारमा बिहान ११ बजे आव्हान गरेको हो ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभामा गत आर्थिक वर्ष (आव) २०७९/८० र २०८०/८१ को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभमा विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र रिक्त पदमा २ जना सञ्चालक नियुक्ति गर्ने एजेण्डा रहेको छ ।

साथै, सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर १८ गतेसम्म नेप्सेमा कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्