काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य फेरी बढेको छ । अघिल्लो दिन १ हजार रुपैयाँले बढेको सुन आज प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६२ हजार १ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्