काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री खुल्ला गरेको हो ।
बैंकले सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहको ४ हजार ४ सय ४०.८७ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्युनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्ने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्