काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व।दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको बताएका छन् । सोमबार काठमाडौंको नयाँ गौचरणमा राखिएको प्रतिनिधि सभाका पूर्वसभामुख स्व.ढुंगानाका पार्थिव शरीरमा श्रदाञ्जली दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ उनले यस्तो बताएका हुन् ।
स्व.ढुंगाना असल राजनीतिज्ञ, संविधानविद् एवं समाजको सबै विषयमा विशिष्ट योगदान दिनुभएको व्यक्ति रहेको जानकारी दिए । उनले लोकतन्त्र प्राप्तिको आन्दोलनमा ढुंगानाले महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै उनले गुमाउनु पीडादायी भएको बताए । उनले पूर्वसभामुख ढुंगानाले नै सरकार सत्तापक्षको र सदन प्रतिपक्षको हुन्छ भन्ने संसदीय व्यवस्थाको विश्वव्यापी मान्यतालाई नेपालमा लागू गरेको बताए ।
स्व.ढुंगानाले सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ती स्थापनाको लागि समेत महत्त्वपूर्ण भुमिका खेलेका गृहमन्त्री लेखकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्