काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नक्कली भ्याट बिल खरिद जाँच गरि कारवाही गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित (कर प्रणालीको सार लगानीको आधार) विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले २०६८ मा आएको आयकर र २०६४ मा आएको सम्पत्ति शुद्धीकरणको भरपुर उपयोग नभएको बताए । उनले भने, ‘सम्पत्तिको स्रोतको तथ्यांक तथा प्रमाणपत्रहरुको खोजी गर्नुपर्छ । त्यत्रो सम्पत्ति कहाँबाट आउछ ? धेरै जसोसङ्ग बैंकको मात्र तथ्यांक देखिन्छ । यस्ता व्यवहारिक समस्या समाधान गर्नुपर्छ ।’
उनले नेपाल चेम्बर अफ कमर्सले राजस्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि योगदान गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्