Shikhar Insurance
National Life

प्रभु केवलकारले ३० करोडको आइपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा कुमारी क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ मंसिर ३, सोमबार १४:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि बिक्री प्रवन्धकमा कुमारी क्यापिटल नियुक्ति गरेको छ । प्रभु केवलकारको ३० करोड बराबरको आइपीओ निष्कासन गर्नेछ । प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडी बढेका हुन् ।

जस मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आईसकेको छ । उक्त केवलकारबाट छोटो समयमा नै पचहत्तर भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरि सकेकाछन् । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, यस प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि उक्त सम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्दा विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो । यस कम्पनीले चालु आ.व.को पहिलो त्रैमासिकमा ५ करोड भन्दा बढि मुनाफा आर्जन गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्